मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रधानन्यायाधीशसमक्ष गरे पद तथा गोपनियताको सपथ ग्रहण

बुधबार, जेठ ७ २०८२
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रधानन्यायाधीशसमक्ष गरे पद तथा गोपनियताको सपथ ग्रहण

गत चैत २४ गते पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले ढिला गरी विश्व पौडेललाई गभर्नर नियुक्त गरेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशसिंह राउतबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो। गत चैत २४ गते पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले ढिला गरी पौडेललाई गभर्नर नियुक्त गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको गभर्नर सिफारिस समितिले पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना, पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेकोमा सरकारले पौडेललाई गभर्नर नियुक्ति गरेको हो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर हुन्।

गभर्नर पौडेलले प्रधानन्यायाधीश राउतमार्फत सपथ ग्रहण गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलसँग भेट गर्नेछन्। प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटघाट सकिएसँगै उनले राष्ट्र बैंकमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ ७ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend