मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार कित्ता आईपीओ खुला

images
बिहीबार , माघ २७ २०७८
images
images
बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार कित्ता आईपीओ खुला
images
images

काठमाडौं- बलेफी हाइड्रोपावर लिमिटेडको १८ करोड २७ लाख ९७ हजार रूपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको हो।

images
images

निष्काशन गरिने सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७ सय ८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरू जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरू जुगल-५ र ७ का बासिन्दा, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका-७ का बासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् ७ लाख ३१ हजार १ सय ८८ कित्ता सेयर निष्काशन बिक्री खुला गरिने भएको छ।

images
images

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार प्रभावित स्थानीयवासीले यही माघ २७ देखि छिटोमा आगामी फागुन १२ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

images
images
images

कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत ७ अर्ब ६५ करोड रूपैयाँ हुने जनाएको छ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी-आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ। 


प्रकाशित : बिहीबार , माघ २७ २०७८०५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend