मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नयाँ गभर्नर नियुक्तिले प्रि-ओपनिङमै सेयर बजारमा देखियो उत्साह

बुधबार, जेठ ७ २०८२
नयाँ गभर्नर नियुक्तिले प्रि-ओपनिङमै सेयर बजारमा देखियो उत्साह

बजारमा यस्तो उत्साहले आगामी दिनमा वित्तीय बजारमा स्थिरता र सुधार आउने संकेत दिएको विश्लेषकहरू बताउँछन्।

काठमाडौं- सेयर बजारमा आज प्रि-ओपनिङ सेसनमा नै लगानीकर्तामा उत्साह देखिएको छ। नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिसँगै बजारमा सकारात्मक धारणा बनेकाले नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको छ।

प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचकमा करिब १.२९ प्रतिशत (३४.७९ अंक) वृद्धि हुँदा सेन्सेटिभ इन्डेक्समा पनि १.४८ प्रतिशत (६.७१ अंक) को उछाल आएको छ। यसले दिनभर कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा लगानीकर्ताबीच छ।

हाल कारोबारको भोल्युम १ लाख १८ हजार कित्ता पुगेको छ भने टर्नओभर ४ करोड ६९ लाखभन्दा बढी रहेको छ। बजारमा यस्तो उत्साहले आगामी दिनमा वित्तीय बजारमा स्थिरता र सुधार आउने संकेत दिएको विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लगानीकर्ताको विश्वास बढ्दै गएको यो अवस्थामा आगामी दिनमा थप लगानी आकर्षित गर्न सक्ने देखिन्छ।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend