मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

होटेल तथा पर्यटन क्षेत्रका पाँच कम्पनी नाफामा, सिटी होटलको घाटा झन् बढ्दा अन्यले कति कमाए?

बुधबार, जेठ ७ २०८२
होटेल तथा पर्यटन क्षेत्रका पाँच कम्पनी नाफामा, सिटी होटलको घाटा झन् बढ्दा अन्यले कति कमाए?

सोल्टी, तारागाउँ जस्ता पुराना होटल ब्राण्डले पुनरागमन सहज रुपमा गरिरहेका छन् भने सिटी होटेलजस्ता कम्पनी भने अझै सञ्चालन लागत थेग्न संघर्षरत छन्।

काठमाडौं- धितोपत्र बजारमा सूचीकृत होटेल तथा पर्यटन क्षेत्रका अधिकांश कम्पनी चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म नाफामा रहेका छन्। सार्वजनिक कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सूचीकृत ६ मध्ये ५ कम्पनीले खुद नाफा कमाउन सफल भएका छन् भने एक कम्पनी निरन्तर घाटामा छ।

कोरोना महामारीपछि होटल तथा पर्यटन क्षेत्रमा क्रमशः सुधार आए पनि लागत संरचना, सञ्चालन खर्च र पर्यटन आगमनको उतारचढावले कम्पनीहरूको मुनाफामा प्रत्यक्ष असर पारेको देखिन्छ। सोल्टी, तारागाउँ जस्ता पुराना होटल ब्राण्डले पुनरागमन सहज रुपमा गरिरहेका छन् भने सिटी होटेलजस्ता कम्पनी भने अझै सञ्चालन लागत थेग्न संघर्षरत छन्।

सिटी होटेल मात्रै यस्तो कम्पनी हो, जसले तेस्रो त्रैमाससम्म पनि घाटा व्यहोर्नु परेको छ। सिटी होटेलको घाटा झन् गहिरिँदै गएको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिको घाटाभन्दा १३.०६ प्रतिशत बढी हो।

अर्कोतर्फ, सोल्टी होटल कम्पनीहरूको अग्रपंक्तिमा छ। यसले सो अवधिमा ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको नाफाभन्दा १३.१६ प्रतिशतले बढी हो।

तारागाउँ रिजेन्सी होटेल, जसले हायात रेगेन्सी होटल सञ्चालन गर्छ, ले पनि ३३ करोड ७९ लाख रुपैयाँ नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा सानो वृद्धि (१.२३ प्रतिशत) हो।

चन्द्रगिरि हिल्सले पनि स्थिर नाफा कमाउँदै १० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यसको वृद्धि ०.५३ प्रतिशत मात्र हो।

ओरियन्टल होटल्सले ४५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ। तर, यो अघिल्लो वर्षको तुलनामा ३७.९५ प्रतिशत घटेको हो। त्यसैगरी, कालिञ्चोक दर्शनले १६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.२७ प्रतिशतले कम हो।

 


प्रकाशित : बुधबार, जेठ ७ २०८२१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend