मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार घटिरहेको सेयर बजारमा देखियो उभार, फर्किएको हो लगानीकर्ताको विश्वास?

४९ अंकको वृद्धि हुँदा कारोबार ७ अर्बको

मंगलबार, जेठ ६ २०८२
लगातार घटिरहेको सेयर बजारमा देखियो उभार, फर्किएको हो लगानीकर्ताको विश्वास?

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।

काठमाडौं- उतारचढवबीच लगातारजसो घटिरहेको सेयर बजारमा मंगलबार भने उल्लेख्य वृद्धि भएको छ।

गतसाता सबै कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै लागेको थियो। सोमबार दोहोरो अंकको वृद्धिसहित उकालो लागेको बजार मंगलबार पनि ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको छ।

मंगलबार २२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ अर्ब ३१ करोड २७ लाख रूपैयाँको कारोबार भएको छ। आज १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

यो साता आइतबार २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा ओर्लिएको बजार सोमबार भने १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा उक्लँदा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend