काठमाडौं- बिहीबार नेपाल बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। तर चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ।
बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ५ सयले बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भइको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि त्यति नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।