मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले तिरेनन् कुमारी बैंकको ४२ करोड रुपैयाँ ऋण

३५ दिनभित्र नतिरे धितो लिलाम हुने

images
मंगलबार, जेठ ६ २०८२
images
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले तिरेनन् कुमारी बैंकको ४२ करोड रुपैयाँ ऋण

सिंहसहित उनका एकाघर परिवारका सदस्यहरू सत्यवान सिहं, सुरज कुमार सिंह राजपुत, शेखरकुमार सिंह र उषादेवी राजुतनीसमेत ऋणी कायम गरी उषा इन्टरप्राइजेजको नामबाट ऋण लिएको बैंकले जनाएको छ।

images
images

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुमारी बैंकबाट लिएको ४२ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले ३५ दिने सूचना निकालेको छ।

images
images
images

सिंहले कुमारी बैंकको शाखा कार्यालय लालदरबारबाट लिएको ऋण चुक्ता नगरेपछि बैंकले ३५ दिने सूचना सार्वजनिक गरेको हो। 

images
images

ऋणको साँवा ब्याज समय समयमा चुक्ता गर्नुपर्नेमा ऋणी मुख्यमन्त्री सिंहलाई बैंकले पटक-पटक ताकेता, मौखिक तथा लिखितरुपमा सूचित गर्दासमेत ऋणी कर्जा तिर्न नआएकाले सूचना निकालिएको बैंकले जनाएको छ। 

images
images

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुमारी बैंकको शाखा कार्यालयमा सम्पर्क गरी उपभोग गरिरहेको ऋणको साँवा ब्याज भुक्तानी गर्न बैंकले भनेको छ। ३५ दिनभित्र पनि कर्जा भुक्तानी नभएमा प्रचलित ऐन, कानून, राष्ट्र बैंकबाट जारी निर्देशकहरू एवं बैंक कर्जा असुली विनियमावलीबमोजिम धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्री वा अन्य व्यवस्था गरी बैंकको लोन रकम असुलउपर गर्नुका साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचीकृत गर्ने चेतावनी बैंकले दिएको छ। 

ऋणीका लागि सुरक्षणबापत रहेको धितोबाट बैंकको सम्पूर्ण रकम असुलउपर नभएमा बैंक तथा वित्तीय संस्था ऐन तथा अन्य प्रचलित नियम, कानून तथा कर्जा सम्झौताअनुसार ऋणी, सञ्चालक तथा जमानीकर्ताहरूको अन्य चल/अचल जायजेथा तथा श्रीसम्पत्तिहरूबाट बैंकको बाँकी लिनुपर्ने रकम असुलउपर गरिने बैंकले जनाएको छ। 

सिंहसहित उनका एकाघर परिवारका सदस्यहरू सत्यवान सिहं, सुरज कुमार सिंह राजपुत, शेखरकुमार सिंह र उषादेवी राजुतनीसमेत ऋणी कायम गरी उषा इन्टरप्राइजेजको नामबाट ऋण लिएको बैंकले जनाएको छ।

उषादेवी राजपुतनीको सप्तरीको राजविराजमा रहेको जग्गा, सुरज कुमारको सप्तरीको भरुवाखल र उषा इन्टरप्राइजको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति धितो राखेर कर्जा लिएको बैंकले जनाएको छ।  


प्रकाशित : मंगलबार, जेठ ६ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend