मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

सोमबार, जेठ ५ २०८२
लगातार ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं- गएको सातायता लगातार ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। गतसाता सबै कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि ओरालोतिर नै लागेको थियो। 

यो साता दोस्रो कारोबारमा सोमबार भने बजार १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको छ। १८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। ६० कम्पनीको सेयर मूल्य घटेको छ।

गएको साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेको बजार दोस्रो कारोबारमा मंगलबार १४.८७ अंकले घटेको थियो। बुधबार १३.९६ अंकले घटेको बजार बिहीबार पनि  ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा ओर्लिएको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेकाले अब सुधार देखिन थाल्ने बताइरहेका छन्। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend