सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

महुरे-फोक्सिङटार सडक कालोपत्र थालियो

images
सोमबार, जेठ ५ २०८२
images
महुरे-फोक्सिङटार सडक कालोपत्र थालियो

पूर्वाधारमन्त्री देवेन्द्र दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए।

images
images

खोटाङ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे-फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन्। तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरेका हुन्।

images
images
images

दिक्तेल-गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले ८६ करोड रूपैयाँ बजेट उपलब्ध गराएको गाईघाट-दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए। उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ।

images
images

दिव्यज्योति कन्ट्रक्सन प्रालिले ४२ करोड रूपैयाँ लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले ४४ करोड रूपैयाँ लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो।

images
images

दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन्। फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे।

'यो सडक तपाईँको व्यावसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो। तपाईँले यो सडक कालोपत्र समयमा सम्पन्न गर्नुहुनेछ। यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्', उनले भने, 'कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि  खबरदारी आवश्यक छ। यो सडक दुई लेनको बन्ने छ। सडक बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको छ।'

मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए। गत असोज-१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड रूपैयाँ बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उनको भनाइ छ।

यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो। ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो। रासस 


प्रकाशित : सोमबार, जेठ ५ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend