शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजार घट्दा पनि टेलिकमको सेयर लगातार उकालो लाग्दै, कति दिन सक्ला लाभांश?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २७ २०७८
images
सेयर बजार घट्दा पनि टेलिकमको सेयर लगातार उकालो लाग्दै, कति दिन सक्ला लाभांश?
images
images

काठमाडौं- समग्र सेयर बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य भने बढेको छ। पछिल्लो समयको तथ्यांकलाई हेर्ने हो भने टेलिकमको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ। लभांश घोषणा हुने अन्तिम समय भएकोले पनि लगानीकर्ताहरू नाफा बुक गर्नका लागि टेलिकमको सेयर खरिद गरिरहेका छन्।

images
images
images

बुधबार मात्रै पनि २२ अंकले नेप्से परिसूचक घटेको भए पनि टेलिकमको सेयर मूल्य भने प्रतिकित्ता ९.९० रुपैयाँ बढेर १५९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। बुधबार कम्पनीको ९२ हजार ४ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा १४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

images
images
telicome.PNG

अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्षपनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ। केही समय अगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। 

images
images

बोनस सेयर दिएर चुक्ता पुँजी बढाउने दबाबमा रहेकोले यस वर्ष पनि नगद लाभांश मात्रै दिने तयारी टेलिकमको रहेको छ। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकतम भने १६१० सम्म पुगेको थियो। 

खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। तर लगानीकर्ताहरूले पछिल्लो समय नेपाल टेलिकमले बोनस सेयर दिने हल्ला गराएका छन्। गत वर्ष पनि बोनस सेयरको हल्ला चलाएर ७ सय रुपैयाँमा कारोबार भएको सेयर १२ सय पुर्‍याएका थिए। 

यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुँक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३÷७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : बिहीबार , माघ २७ २०७८०१:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend