शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

सात वर्षमा पनि बनेन दैजी-जोगबुढा सडक, पाँचौँ पटकसम्म म्याद थप भयो तर काम भएन

images
सोमबार, जेठ ५ २०८२
images
images
सात वर्षमा पनि बनेन दैजी-जोगबुढा सडक, पाँचौँ पटकसम्म म्याद थप भयो तर काम भएन

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दुरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ।

images
images

कञ्चनपुर- ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निर्माण सम्पन्न हुन सकेको छैन।

images
images
images

विसं २०७४ बैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ।

images
images

हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएको छ। यही २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ।

images
images
images

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दुरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ। डडेल्धुराको भित्रिमधेशका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गरी महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता छ।

'यो सडक निर्माण नहुँदा भित्रिमधेशका जनताले धेरै समस्या खेप्नु परेको छ', परशुराम नगरपालिका-९ का वडा अध्यक्ष देवबहादुर बोहराले भने, 'सडक निर्माण भइदिएको भए यहाँ उत्पादन भएका दाल तरकारी महेन्द्रनगर बजार बिक्री गर्न सहज हुन्थ्यो।'

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा निर्माण गरिएका ‘ड्रेन’समेत पुरिन थालेको स्थानीय राम धामीको भनाइ छ। डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँ पटक म्याद थप गरिएको भए पनि सडक निर्माण सम्पन्न हुन नसकेको जानकारी दिए। उनका अनुसार निर्माण व्यवसायीले ८ करोड ३६ लाख रूपैयाँ रकम भुक्तानी पाइसकेको छ। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend