मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति

काठमाडौं- पिपुल्स पावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ।

कम्पनीलाई प्रतिकित्ता १०० रूपैयाँका दरले १ः०.५० को अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बाटो खुलेको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पिपुल्स पावर लिमिटेडको हाल कायम चुत्ता पुँजी ६३ हरोड २६ लाखको १:०.५० (अर्थात् विद्यमान एक (१) कित्ता साधारण सेयर बराबर नयाँ ०.५० कित्ता सेयर) को अनुपातमा ३१ करोड ६३ लाखबराबरको प्रतिसेयर  १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न अनुमति मिलेको हो।


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend