बिहीबार , वैशाख ६ गते २०८१    
images
images

हार्ले र यूएम बिक्रीबाट पछि हटेको आईएमई मोटर्सले विद्युतीय स्कुटर ल्यायो

आयो राफ्ट ब्रान्डका स्कुटर र मोटरसाकल 

images
images
हार्ले र यूएम बिक्रीबाट पछि हटेको आईएमई मोटर्सले विद्युतीय स्कुटर ल्यायो

कम्पनीले अबको केही समयभित्रै सोरुम निर्माण गरेर स्कुटरको औपचारिक बिक्री सुरुवात गर्ने तयारी गरिरहेको छ। 

images
images

काठमाडौं- आईएमई समूह अन्तर्गतको आईएमई मोटर्सले अघिल्लो वर्षसम्म दुई अमेरिकी ब्रान्ड हार्ले डेभिडसन र यूएमको मोटरसाइकल बिक्री गर्दै आएको थियो। विविध कारण देखाउँदै कम्पनीले यी ब्रान्डका मोटरसाइकल तथा स्कुटर आयात रोकेको थियो। योसँगै आईएमई ग्रुप मोटरसाइकल व्यापारमा थिएन। 

images
images
images

आईएमई मोटर्स विद्युतीय स्कुटरसँगै पुनः दुईपांग्रे व्यापारमा प्रवेश गरेको छ। कम्पनीले भारतको विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादक राफ्ट मोटर्स ब्रान्ड ल्याउँदै दुईपांग्रेको व्यापारमा फर्किएको हो। 

images

आईएमई मोेटर्सले भारतको मुम्बईमा रहेको राफ्ट मोटर्ससँग हालै आधिकारिक बिक्रेताका सम्बन्धमा सम्झौता गरेको हो। योसँगै कम्पनीले काठमाडौंमा राफ्टका स्कुटर राख्ने सोरुमको खोजी गरिरहेको छ। 

images

कम्पनीले अबको केही समयभित्रै सोरुम निर्माण गरेर स्कुटरको औपचारिक बिक्री सुरुवात गर्ने तयारी गरिरहेको छ। 

images
images

यूएम मोटरसाइकलमा असफल भएको आईएमई मोटर्स हार्ले डेभिडसन नेपाल ल्याएलगत्तै करमा उल्लेख्य वृद्धि भएपछि बिक्री गर्न नसक्ने अवस्थामा पुगेको हो। नेपाल ल्याएको सुरुवाती वर्षमा यूएमका मोटरसाइकल तथा स्कुटरको बिक्री उल्लेख्य वृद्धि भएको थियो। तर मोटरसाइकलको मूल्य बढेको र कम्पनीको ओभरहेड कस्ड बढेको भन्दै आयात बन्द गर्ने निष्कर्षमा पुगेको थियो। 

आईएमई समूह अन्तर्गतका कम्पनीले अशोक लेल्यान्डका कमर्सियल सवारी, इस्कर्टसका हेभी इक्युपमेन्टलगायत बिक्री गर्दै आएको छ। दुईपांग्रेबाट पछिहटेको आईएमई मोटर्स ‘भविष्यको मोबिलिटी’ विद्युतीय सवारी भएको भन्दै विद्युतीय स्कुटर ल्याएको कम्पनी स्रोतले बिजनेस न्युजलाई बतायो। ‘आईएमईले विद्युतीय सवारी नै अबको भविष्य भएकाले नयाँ ब्रान्ड ल्याउन लागि गरेको थियो,’ स्रोतले भन्यो, ‘विद्युतीय मोटरसाइकल तथा स्कुटरको व्यापार राम्रो हुने देखिएकाले भारतीय ब्रान्ड राफ्ट लाएका हौं।’ 

विद्युतीय स्कुटरका बिक्री गर्न आवश्यक टिम तयार गर्ने, सोरुम खोज्ने काम र सर्भिस नेटवर्क निर्माणको तयारी भइरहेको स्रोतको भनाइ छ। सुरुमा आईएमईले ३/४ वटा मोडल ल्याउने तयारी गरेको छ। 

पछिल्लो समय विद्युतीय सवारीका ब्रान्ड नेपाल आउने क्रम उल्लेख्य रुपमा बढ्दै भएको छ। हाल बजारमा करिब दुई दर्जन ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल उपलब्ध छन्। नेपालमा विद्युतीय कारभन्दा बढी ब्रान्डका स्कुटर उपलब्ध रहेका छन्। तथापी विद्युतीय स्कुटर तथा मोटरसाइकलको बिक्री ब्रान्ड र भेरियन्ट उपलब्धताको तुलनामा बिक्री भने न्यून छ।      

raft e scooter.jfif

राफ्ट मोटर्स

राफ्ट मोटर्स दुईपांग्रे विद्युतीय सवारी निर्माता कम्पनी हो। कम्पनीले विद्युतीय स्कुटरको क्षेत्रमा नयाँ रेकर्ड समेत बनाएको छ। राफ्ट मोटर्सले केही महिनाअघि ‘इन्डस एनएक्स’ स्कुटर सार्वजनिक गरेको थियो।  

सो स्कुटर एकपटक फुल चार्ज गरेपछि ४ सय ८० किलोमिटर कुदाउन सक्ने दाबी कम्पनीले गरेको छ। यो स्कुटर विद्युतीय स्कुटरमा एक लाख किलोमिटरको वारेन्टी र डबल ब्याट्रीको विकल्प समेत उपलब्ध रहेको छ। 

राफ्ट मोटर्सले ९ मोडलका विद्युतीय स्कुटर र मोटरसाइकल सार्वजनिक गरिसकेको छ। राफ्ट वारियर, रोल्डियर, इन्डस, जिस्पा, टीस्टा, जिस्पा एनएक्स, इन्डस एनएक्स, म्यागनाइट, नुब्रा स्कुटर र इन्ड्रिाजेट विद्युतीय मोटरसाइकल उपलब्ध रहेको छ। 

राफ्ट मोटर्सको भारतमा ५ सय ५० भन्दा बढी सहरमा डिलर विस्तार गरिसकेको छ। कम्पनीले २०२२ सम्म भारतको हरेक जिल्लामा र मार्च २०२३ सम्म विश्वको धेरै देशमा राफ्ट ब्रान्ड पुर्‍याउने योजना बनाएको छ। 

राफ्ट मोटर्स २०१७ मार्चमा स्थापना भएको थियो। परिवेश शुक्ला र राकेश साल्वे स्थापना गरेको यो कम्पनीले ‘टाइम्स लिडिङ आइकन अवार्ड २०२१’ समेत पाएको थियो। राफ्टले विद्युतीय स्कुटर तथा मोटरसाइकलका अलावा थ्रीडी प्रिन्टर्स, स्टोज डिभाइस, स्मार्ट टीभीलगायत विद्युतीय सामाग्री समेत उत्पादन गर्दै आएको छ। 

images

प्रकाशित : बिहीबार , माघ २७ २०७८०१:३५

प्रतिक्रिया दिनुहोस