शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
images
images
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

विसंं २०६५ सालमा भारत सरकारको दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै सो सडकमा लामो दुरीका यातायातसमेत चल्न थालेका थिए।

images
images

झापा- यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।

images
images
images

स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए। उनले भने, 'पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ।'

images
images

हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ। बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ।

images
images
images

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले संघीय सरकारसँग अनुरोध गरेको बताए। 'सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ' उजले भने, 'उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौँ।'

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उनले संघीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए। पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ।

विसंं २०६५ सालमा भारत सरकारको दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै सो सडकमा लामो दुरीका यातायातसमेत चल्न थालेका थिए।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुंगानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend