शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि आयातमा कडाइ; चिनीजन्यदेखि पेय पदार्थसम्म शतप्रतिशत मार्जिनको व्यवस्था

images
बुधबार, माघ २६ २०७८
images
विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि आयातमा कडाइ; चिनीजन्यदेखि पेय पदार्थसम्म शतप्रतिशत मार्जिनको व्यवस्था
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशबाट दर्जनौँ वस्तुलाई शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। विदेशी मुद्रा सञ्चितिमा समस्या हुन थालेपछि अत्यावश्यकबाहेकका वस्तु आयातमा कडाइ गरेको हो।

images
images
images

यसअघि बैंकहरूले आयातमा ७० प्रतिशतसम्म लगानी गर्ने गरेका थिए। राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै शतप्रतिशत रकम आयातकर्ताले नगद तिरेरमात्रै ल्याउन पाउने व्यवस्था गरेको छ। 

images
images

चिनीजन्य पदार्थ, सूर्तीजन्य तथा पेय पदार्थ, रक्सी, खाद्यान्य, आलु, प्योकेटिङ मासु, चकलेट, काठजन्य वस्तुमा समेत शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ। 

images
images

यसअघि कात्तिकमा नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयात पूर्णरुपमा बन्द गरेको थियो। त्यसअघि विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरू आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको थियो।


प्रकाशित : बुधबार, माघ २६ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend