आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : खानेपानीमन्त्री यादव

images
आइतबार, जेठ ४ २०८२
images
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : खानेपानीमन्त्री यादव

आइतबार महानगरकाे वडा नम्बर २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै उनले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन्।

images
images

पर्सा- खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका-१८ सुखचैना र वडा नम्बर २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन्।

images
images
images

आइतबार महानगरकाे वडा नम्बर २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै उनले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन्।

images
images

मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गरे। उनी भन्छन्, ‘खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ।’

images
images

शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्नसमेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए। 

१ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएकाे उक्त नाला तथा ढलान निर्माण वडा नम्बर १८ सुखचैना र वडा नम्बर २१ परवानीपुरसम्म १ हजार २५६ मिटर लम्बाइ रहेको वडा नम्बर २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend