आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

images
आइतबार, जेठ ४ २०८२
images
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
फाइल तस्बिर

उनका अनुसार गत  बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ। ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ।

images
images

चितवन- गत साता आएको हुरीसहितको वर्षाले चितवनको केराखेतीमा २० प्रतिशत क्षति भएको छ। जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए।

images
images
images

उनका अनुसार गत  बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ। ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ। 

images
images

शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नम्बर २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ। साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ। केराखेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्‍याएको बताए।

images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। चितवनमा मालभोग, चिनी चम्पा र जि-९ जातको केराखेती हुँदै आएको छ। यहाँ ३ हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० बढी किसानले केराखेती गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend