काठमाडौं- शरद ऋतृमा हिमाल आरोहण लागि अहिलेसम्म २ सय २२ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन्। सबैभन्दा बढी अनुमति मनासलु आरोहणका लागि लिएका छन्।
हिमाल आरोहणका लागि अनुमति लिएका मध्ये ५२ जना महिला आरोही रहेका छन् भने १७० जना पुरुष आरोही रहेको विभागले जनाएको छ। अहिलेसम्म २३ टोलीले आरोहणका लागि अनुमति लिएका हुन्।
अनुमतिबाट विभागले सवा २ करोड रोयल्टीसमेत संकलन गरेको छ। जसमा धौलागिरी आरोहणका लागि ४० जना, कञ्जनजंगा आरोहणका लागि ३ जना र म्यारिङ आरोहणका लागि८ जनाले अनुमति लिएका छन्।
यसबाहेक सबै जना मनासलु आरोहणका लागि अनुमति लिएका छन्।