शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

images
आइतबार, जेठ ४ २०८२
images
images
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्री कारोबारमा आएको गिरावटका कारण प्रदेश सरकारको राजस्व संकलन प्रभावित भएको बताइएको छ।

images
images

बागमती- चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

images
images
images

प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि बैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए।

images
images

उनका अनुसार चालु आव को दश महिनामा प्रदेश सरकारले पुँजीगततर्फ १३ अर्ब दुई करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब आठ करोड ७३ लाख ९५ हजार गरी २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार रूपैयाँ बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रूपैयाँको बजेट ल्याएका बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ।

images
images
images

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ९२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४९ दशमलव ५२ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४८ प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारका धेरैजसो योजना बल्ल कार्यान्वयनमा जान थालेकाले अब विस्तारै पुँजीगत खर्च बढ्दै जाने सूचना अधिकारी सञ्ज्यालले बताए।

यस्तै, बागमती प्रदेश सरकारले बाँडफाँटबाट विभिन्न शीर्षकमा संकलन गर्ने राजस्व तथा दस्तुरमा पनि कमी आएको छ। प्रदेश सरकारले चालु आवमा बाँडफाँटबाट २९ अर्ब ५५ करोड ८९ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा त्यसको ६२ दशमलव ७३ प्रतिशत अर्थात् १८ अर्ब ५४ करोड १७ लाख २१ हजार रूपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १५ अर्ब एक ५७ करोड ५६ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा आठ अर्ब ४७ करोड १७ लाख ३० हजार रूपैयाँमात्र प्राप्त भएको सूचना अधिकारी सञ्ज्यालले बताए।

त्यसैगरी, चालु आव २०८१/८२ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार रूपैयाँ प्राप्त हुने अनुमानमा तीन अर्ब सात करोड ३८ लाख ७७ हजार रूपैयाँमात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्री कारोबारमा आएको गिरावटका कारण प्रदेश सरकारको राजस्व संकलन प्रभावित भएको सूचना अधिकारी सञ्ज्यालकोे भनाइ छ। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend