आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

अमेरिकी डलरको विनिमयदर १३७ रुपैयाँ, युरो र पाउन्डमा सामान्य उतारचढाव

images
आइतबार, जेठ ४ २०८२
images
अमेरिकी डलरको विनिमयदर १३७ रुपैयाँ, युरो र पाउन्डमा सामान्य उतारचढाव

अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ भने खरिददर १३६ रुपैयाँ ५२ पैसा तोकिएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार प्रमुख मुद्राहरूको विनिमय मूल्यमा सामान्य उतारचढाव देखिएको छ। अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ भने खरिददर १३६ रुपैयाँ ५२ पैसा तोकिएको छ।

images
images
images

युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम भएको छ। स्वीस फ्रयाङ्कको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा पुगेको छ।

images
images

अष्ट्रेलियन डलरको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। यसको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा कायम गरिएको छ। सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा छ।

images
images

एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

खाडी मुलुकतर्फ साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ। युएई दिरामको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा तोकिएको छ।

थप रूपमा, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा रहेको छ। ओमानी रियालको खरिददर ३५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १८ पैसा पुगेको छ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ। केन्द्रीय बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने दर भने बजार परिस्थितिअनुसार फरक हुनसक्ने बताइएको छ। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend