शनिबार, असोज ५ गते २०८१    
images
images

छ महिनामा २ खर्ब बराबरको विदेशी मुद्राको सञ्चिति घट्यो, शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब पुग्यो 

रेमिट्यान्स घट्नेक्रम रोकिएन

images
बुधबार, माघ २६ २०७८
images
images
छ महिनामा २ खर्ब बराबरको विदेशी मुद्राको सञ्चिति घट्यो, शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब पुग्यो 

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि  पुससम्मको अवधिमा ४ खर्ब ६८ अर्ब ४५ करोड रेमिट्यान्स भित्रिएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनासम्मको बाह्य अवस्था नाजुक बनेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिकांश सूचक खराब लयमा निरन्तर रहेका छन्। 

images
images
images

राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरसम्म रेमिट्यान्स घट्ने क्रम जारी छ। पुससम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेको छ। 

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँ तिरहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। पुससम्म लगातार रेमिट्यान्समा ह्रास देखिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि  पुससम्मको अवधिमा ४ खर्ब ६८ अर्ब ४५ करोड रेमिट्यान्स भित्रिएको छ। 

images

आयातको वृद्धिदरमा भने केही लगाम लागेको छ। पुससम्मको तथ्यांक अनुसार गत वर्षको तुलामा ५१ प्रतिशतले बढेको छ। मंसिरमा ५९ प्रतिशतले आयात वृद्धि भएको थियो। ९५ निर्यात बढेपनि निर्यातको रकम न्यून हुँदा बढ्दो चालु खाता घाटामा खासै सुधार देखिएको छैन। 

६ महिनाको तथ्यांकअनुसार ३ खर्ब  ५४ अर्ब ७ करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता ५१ अर्बले घाटामा थियो। 

शोधानान्तर(नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा २ खर्ब ५१ अर्ब २३ करोड पुगेको छ। मंसिरमा यस्तो घाटा १ खर्ब ९५ अर्ब थियो। 

पुस मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको छ। यो असारको तुलनामा १६.७ प्रतिशतले न्यून हो। असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति थियो। गएको छ महिनामा नेपालमा २ खर्ब ३४ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति घटेको छ। 

अहिलेको सञ्चितिले ७.२ महिनाको वस्तु तथा ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकको अनुमान छ। ६ महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ, सीमित वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ। 

यो अवधिमा मूल्यवृद्धिदर भने ५.६५ प्रतिशत पुगेको छ। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ। 
 


प्रकाशित : बुधबार, माघ २६ २०७८११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend