शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

images
शनिबार, जेठ ३ २०८२
images
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुगेकाे शर्माको सचिवालयले जनाएको छ। संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियो।

images
images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ।

images
images
images

महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुगेकाे शर्माको सचिवालयले जनाएको छ। संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियो।

images
images

विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए। लुक्लादेखि ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा महामन्त्री शर्मा आधारशिविर पुगेका थिए।

images
images

उनी यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरी फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउँदैछन्। १६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगाले काम गरीरहेकाे बतांए।

त्यस्तै पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बीमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए।

साथै कार्बनउत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने महामन्त्री शर्माकाे भनाइ छ। कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशीष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन्। रासस


प्रकाशित : शनिबार, जेठ ३ २०८२१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend