काठमाडौं- एनसेलले प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ। आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै एनसेलले आफ्ना ग्राहकहरुका लागि यस्तो अफर ल्याएको हो।
यो अफर शनिबार (ज्येष्ठ ३) बाट शुरु भई हरेक शनिबार ज्येष्ठ ३१ गतेसम्म सञ्चालनमा रहने छ। शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफरअन्तर्गत ग्राहकहरुले विभिन्न ४ वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क पाउँछन्।
बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युव पाउँछन्। सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध हुने छैन।
फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी ४ वटा प्याकहरु समावेश छन्। यस अफरअन्तर्गत ग्राहकले करसहित १५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन्।
यस बाहेक एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड टिकटक चलाउने सुविधा पाउँछन्। त्यसैगरी करसहित २९९ रुपैयाँ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्। ग्राहकले औद्यी रुचाएका दुई ‘होम एन्ड अवे रिन्यूअल प्याक’हरु पनि यो अफरमा समावेश छन्।
५९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसिमा रहेको ४२ जीबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन्। अर्को ७९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन्। साथै २४ घण्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन्।
यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधासहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्दछ।