शनिबार, असोज ५ गते २०८१    
images
images

वृद्धभत्तामा जालझेल गर्ने ४ जनाविरुद्ध भष्ट्राचार मुद्दा

images
बुधबार, माघ २६ २०७८
images
images
वृद्धभत्तामा जालझेल गर्ने ४ जनाविरुद्ध भष्ट्राचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुद्ध भत्ता रकम हिनामिना गरी राज्यलाई नोक्सानी गरेको भन्दै चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुद्ध भत्ता रकम हिनामिना गरी राज्यलाई नोक्सानी गरेको भन्दै चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

images
images
images

आयोगले मुगु जिल्लाको साविक रारा गाविसका तत्कालीन सचिव पदम बहादुर भण्डारीसमेत चार जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दर्ता गराएको छ।

साविक रारा गाविस वडा नम्बर १ देखि ९ सम्मको आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ताबापतको रकममा किर्ते कागज बनाई अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७१/०७२ देखि २०७२/०७३ सम्म गाविस सचिवहरूले नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले सामाजिक सुरक्षा तथा बाल पोषण अनुदान भत्ता नै वितरण नगरी वितरण गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

images

अख्तियारले फर्जी भरपाई खडा गर्ने, नामै नभएका व्यक्तिको नाम राख्ने, एउटा व्यक्ति फरक फरक वडामा देखाउने र भत्ता पाउने व्यक्तिको ठेगाना नै उल्लेख नगर्ने जस्तो काम गरी राज्यलाई हानी हुने काम गरेको भन्दै मुद्दा दायर गरेको हो।

अख्तियारले अभिभावकको नाम नै उल्लेख नगरी गलत लिखत तयार गरी गैरकानूनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतपूर्ण कार्य गर्ने तत्कालीन गाविस सचिव भण्डारीले आर्थिक वर्ष २०७१/२०७२ मा कार्यरत रहँदा ७ लाख ६० हजार ८ सय रुपैयाँ हिनामिना गरेको आरोपपत्रमा उल्लेख गरेको छ।

यसैगरी तत्कालीन सचिव तीर्थराज शाहीले २०७२ साउनदेखि २०७२ कात्तिकसम्मको एक चौमासिक अवधिसम्म कार्यरत रहदाँ १६ हजार रुपैयाँ र तत्कालीन सचिव नव गिरी तथा तत्कालीन सहायक लेखापाल हस्तबहादुर शाहीले २०७२ साल मंसिरदेखि ०७३ साल असारसम्मको दुई चौमासिक अवधिमा कार्यरत रहँदा ३६ हजार ८ सय रुपैयाँ सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले भण्डारीको हकमा ७ लाख ६० हजार ८ सय  रुपैयाँ, शाहीको हकमा १६ हजार रुपैयाँ  र नव गिरी तथा हस्त बहादुर शाहीको हकमा ३६ हजार ८ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम बिगो प्रतिवादीहरूबाट असुलउपर हुन मागदावी सहित अख्तियारले विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रकाशित : बुधबार, माघ २६ २०७८११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend