काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (टनेल) ५५, गोलभेँडा सानो (भारतीय) ३५, आलु रातो ३८ कायम भएकाे छ।
त्यस्तै आलु रातो प्रतिकिलो (भारतीय) ३८, प्याज सुकेको (भारतीय) ३८, गाजर (लोकल) ५५, गाजर (तराई) ३०, बन्दा (लोकल) १५, काउली (स्थानीय) ५०, मूला रातो ३५, मूला सेतो (लोकल) २०, सेतो मूला (हाइब्रिड) ३०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ३०, तने बोडीको मूल्य ७०, मकै बोडी मूल्य ७० रुपैयाँ कायम गरिएको छ। प्रतिकिलो मटरकोसा १००, घिउ सिमी (लोकल) ४०, घिउ सिमी (हाइब्रिड) ४०, राजमा मूल्य १०० रुपैयाँ निर्धारण भएकाे विकास समितिले जनाएकाे छ।
प्रतिकिलो भटमास कोसा १२०, तितो करेला ३०, लौका २०, परबर (लोकल) ६०, परबर (तराई) ६०, चिचिण्डो ४०, घिरौला ३५, झिगुनी ७०, फर्सी पाकेको ५०, फर्सी हरियो (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) २५, भिण्डी ३० कायम गरिएको छ। प्रतिकिलो सखरखण्ड ६०, पिँडालु १००, रायो साग ५०, पालुंगो साग ८०, चमसुरको साग ८०, तोरीको साग ३५, मेथीको साग ८०, प्याज हरियो ५०, च्याउ (कन्य) २००, च्याउ (डल्ले) ३, कुरिलो ६००, निगुरो ३० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो ९०, चुकुन्दर ७०, सजीवन ८०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २१०, पार्सले ५००, सौफको साग ९०, पुदिना ३००, गान्टे मूला ४०, इमली १९०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ तोकेको छ।समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) ३२०, केरा (दर्जन) १६०, कागती २६०, अनार ३५०, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) ३५०, भारतीय सुन्तला १५०, दरभुजा (हरियो) ५०, मौसम २०० रुपैयाँ कायम छ।
जुनार २००, भुइँकटहर २००, काँक्रो (लोकल) ५०, काँक्रो (हाइब्रिड) ३०, रुख कटहर ८०, नासपाती (चाइनिज) २६०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) १२०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी ४६०, आभोकाडो ५८० निर्धारण गरिएको छ। यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको ४२०, खुर्सानी हरियो ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ३५, खुर्सानी हरियो (अकबरे) ४००, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो ९० रुपैयाँ पर्ने विकास समितिले जनाएकाे छ।
त्यस्तै हरियो धनिया प्रतिकिलो ६०, लसुन सुकेको चाइनिज ३००, लसुन सुकेको नेपाली २००, छ्यापी सुकेको २००, छ्यापी हरियो १५०, ताजा माछा (रहु) ३२०, ताजा माछा (बचुवा) २६०, ताजा माछा (छडी) २४०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँ तोकेको छ। रासस