शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण

images
शुक्रबार, जेठ २ २०८२
images
images
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण

धनुषामा ७५ वटा गाउँब्लक रहेका छन्। यसमा ७२ गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ।

images
images

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा बस्दै आएका ६४ परिवारलाई आज एक समारोहबीच लालपुर्जा वितरण गरिएको छ।

images
images
images

मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित समारोहमा मिथिला नगरपालिका-१, ६ र ७ का भूमिहीनलाई सबै कानूनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो। नापी कार्यालय धनुषाको दुई नं नापी टोलीले गाउँब्लकको जग्गा नापजाँच गरेर लालपुर्जा वितरण प्रक्रिया तयार गरेको थियो। त्यसैका आधारमा उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख उमेश साहले जानकारी दिए।

images
images

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायतले उनीहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरे। लालपुर्जा पाउने प्रक्रियाबाट वञ्चितलाई चाँडै कानूनी प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गरिने उनले बताए।

images
images
images

सो अवसरमा आयोगका अध्यक्ष कोइरालाले लालपुर्जा वितरणमा राजनीति नगर्न आग्रह गर्दै जग्गाजमिनमा लामो समयदेखि बस्दै आएका तर स्वामित्वको आधिकारिक कागजात नभएकाको समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा २ नं नापी टोलीका प्रमुख शियाराम साह, मिथिला-६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो र वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतो, नेपाली कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महतोलगायतको उपस्थिति रहेको थियो।

धनुषामा ७५ वटा गाउँब्लक रहेका छन्। यसमा ७२ गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ। बाह्र गाउँब्लकको पुर्जा वितरण भइसकेको प्रमुख साहले बताए। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend