बुधबार, मंसिर १२ गते २०८१    
images
images

एक दिन उच्च अंकले बढ्दा दुई दिन किन घट्यो निफ्राको सेयर मूल्य?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
images
images
एक दिन उच्च अंकले बढ्दा दुई दिन किन घट्यो निफ्राको सेयर मूल्य?
images
images

काठमाडौं- नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को दोस्रो बजारमा एक दिन बढ्दा दुई दिन घटेको छ। कम्पनीको बुधवार ३ लाख ५७ हजार कित्ता किनबेच हुदाँ १४ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैया घटेर ३९७ रुपैयाँमा कारोबार भएको हो। 

images
images
images

कम्पनीको सेयर मूल्य मंगलबार पनि ७ रुपैयाँले घटेर ४०५ रुपैयाँ कायम भएको थियो। सोमबार कम्पनीको १२ लाख २७ हजार २ सय ७५ कित्ता खरिद ब्रिक्री हुँदा ४९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। कम्पनीको सोमबार प्रतिकित्ता ३२ रुपैयाँले सेयर मूल्य बढेको थियो। निफ्राको सेयर प्रतिकित्ता ४ सय १२ रूपैयाँमा पुगेर कारोबार बन्द भएको  थियो। यता कम्पनीको बजार पुँजीकरण ८७ अर्ब रुपैयाँ पुगेको छ।

images

सेयर बजारको समग्र सूचक घटेका कारण निफ्राको पनि सेयर मूल्य घटेको हो। जसका कारण साताको दोस्रो दिन निफ्राको उच्च कारोबारसँगै सेयर मूल्यसमेत उच्च अंकले बढेको थियो। केही समय अगाडि २६८.५० रुपैयाँसम्म झरेको सेयर मूल्य फेरि बढ्न थालेको हो। कम्पनीको सेयर मूल्य उच्च अंकबाट ६३ प्रतिशतसम्म घटेको थियो।  

images

३४० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनी ७२६ रुपैयाँसम्म पुगेको थियो। तर नेप्से परिसूचक लगातार घटेपछि निफ्राको सेयर मूल्य २६८ रुपैयाँसम्म झरेको थियो। निफ्राको ५२ हप्ताको कारोबारमा सबैभन्दा अधिकतम ७२६ र न्यूनतम २६८.५० रुपैयाँ सेयर मूल्य रहेको थियो। 


प्रकाशित : बुधबार, माघ २६ २०७८०९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend