बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

एमएडब्लू लाइफले सुरु गर्‍यो ‘जिप एक्सचेन्ज इभेन्ट’

images
बुधबार, माघ २६ २०७८
images
images
एमएडब्लू लाइफले सुरु गर्‍यो ‘जिप एक्सचेन्ज इभेन्ट’

जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ। 

images
images

काठमाडौं- नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि आजबाट देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ। 

images
images
images

यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउने छन्। साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउने छन्।

images
images

यसबीच, एमएडब्लू लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ। 

images
images
images

ग्राहकले जिप एक्सचेन्जबारे विस्तृत जानकारी जिप नेपालको वेबसाइटमा लगइन गरेर पाउन सक्नेछन्। 

यसै वर्षको सुरुमा जिपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीय रुपमा बढेको छ। यो आर्थिक वर्षको मध्यसम्म आइपुग्दा जिपले यो सकारात्मक गतिलाई कायमै राखेको छ। 

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ। 

नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ। पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। 

जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ। 
एमएडब्लुले लाइफले नेपाल बजारमा कम्पासबाहेक र्‍यांग्लर, र्‍यांगलर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : बुधबार, माघ २६ २०७८०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend