मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा देखिएन सुधार, साताको अन्तिम कारोबार पनि ओरालोतर्फै

बिहीबार , जेठ १ २०८२
सेयर बजारमा देखिएन सुधार, साताको अन्तिम कारोबार पनि ओरालोतर्फै

लगानीकर्ताको विश्वास र साथ पाउन नसक्दा सेयर बजार लगातार ओरालोतर्फ नै लागिरहेको छ।

काठमाडौं- गएको साता केही सुधार देखिए पनि यो साता उतारचढावबीच निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम कारोबारमा पनि राताम्य भएर बन्द भएको छ। बिहीबार ८.४१ अंकले घटेर बजार २६११.८५ बिन्दुमा ओर्लिएको छ।

बिहीबार ८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रूपैयाँको कारोबार भएको छ। आज १६४ वटा कम्पनीको सेयर मूल्य घट्दा एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

लगानीकर्ताको विश्वास र साथ पाउन नसक्दा सेयर बजार लगातार ओरालोतर्फ नै लागिरहेको छ।

यो साता पनि पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेर २६४९.११ बिन्दुमा झरेको बजार दोस्रो कारोबार दिन मंगलबार पनि १४.८७ अंकले घट्दा २६३४.२३ बिन्दुमा आइपुगेको थियो। मंगलबार ९ अर्ब ६३ करोडको कारोबार भएको थियो।

बुधबार पनि बजारले वृद्धिको साथ पाउन नसक्दा १३.९६ अंकले घटेर २६२०.२७ बिन्दुमा ओर्लिएको थियो। बुधबार ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ७३ करोड ६५ लाख रूपैयाँको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , जेठ १ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend