शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

गर्भनरमा क्षमतावान व्यक्ति ल्याउने हो, मेरो कोही ल्याउनु छैन : प्रधामन्त्री ओली

images
बिहीबार , जेठ १ २०८२
images
images
गर्भनरमा क्षमतावान व्यक्ति ल्याउने हो, मेरो कोही ल्याउनु छैन :  प्रधामन्त्री ओली

काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ’ उनले भने, ‘मेरो मान्छे भन्ने चाहिँदैन, म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।

images
images
images

‘राष्ट्रबैंकमा मेरो कोही ल्याउनु छैन, मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ’ उनले भने, ‘मेरो मान्छे भन्ने चाहिँदैन, म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन। त्यसैले मैले सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।’ 

images
images

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट पारेका छन्। 

images
images
images

एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो। साथै पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना प्रधानमन्त्री ओलीले गरेकाछन्।


प्रकाशित : बिहीबार , जेठ १ २०८२१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend