शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

कालीगण्डकीको पानीले सिँचाइ हुन थाल्याे बागलुङ बलेवाको दम्काफाँट

images
बिहीबार , जेठ १ २०८२
images
images
कालीगण्डकीको पानीले सिँचाइ हुन थाल्याे बागलुङ बलेवाको दम्काफाँट

दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले ३ करोड रुपैयाँ लागतमा फाँट मुनिको कालीगण्डकी नदीको पानी दम्काफाँटमा ल्याएको छ। अहिले लिफ्ट सिँचाइ आयोजनाको सफल परिक्षणसमेत सम्पन्न भइसकेको छ।

images
images

बागलुङ- बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पुर्‍याएर सिँचाइ गरिएको छ। करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो।

images
images
images

दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले ३ करोड रुपैयाँ लागतमा फाँट मुनिको कालीगण्डकी नदीको पानी दम्काफाँटमा ल्याएको छ। अहिले लिफ्ट सिँचाइ आयोजनाको सफल परिक्षणसमेत सम्पन्न भइसकेको छ। 

images
images

यस वर्ष परीक्षणकै रुपमा केही भागमा सिँचाइ गर्ने र वितरण लाइन विस्तार गरेपछि २४ हेक्टर जमिन नै सिँचाइ गर्ने आयोजनाले जनाएको छ। लिफ्टमार्फत बागलुङमा सिँचाइ गरिएको यो सबैभन्दा ठूलो योजना हो। उर्भरभूमी रहेको दम्काफाँटमा एउटै याममा एक हजार ७०० मुरी धान फल्ने गरेको छ।

images
images
images

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार २४ हेक्टर खेतियोग्य जमिन बाँझिदै जान थालेपछि ठूलो जोखिम मोलेर लिफ्ट योजना ल्याइएको बताउँछन्। कालीगण्डकी नदीबाट दम्काफाँट अलि माथि भएकाले ‘डबल लिफ्ट’ गरिएको उनकाे भनाइ छ। पहिलो १४० र दोस्रो १४३ मिटरमा दुई लिफ्ट प्रणाली मार्फत दम्काफाँटमा प्रतिसेकेण्ड ५ दशमलव ५ लिटर पानी ल्याउन सफल भएको श्रेष्ठले बताए।

‘सहुलियत विद्युत् महशुलका कारण किसानलाई सिँचाइमा सहजता हुनेछ, कम लागतमा फाँट मुनिको पानी ल्याउँदा बाँझो जग्गा हराभरा हुने अपेक्षा हाम्रो छ’ आयोजना प्रमुख श्रेष्ठले भन्छन्, ‘यस वर्ष मुख्य स्थानबाट सिँचाइ थाल्छौँ आगामी वर्ष वितरण लाइनसमेत विस्तार गरेर दम्काफाँटको २४ हेक्टर जमिन नै सिँचाइ गराउँछाैँ। अहिले ठेक्का र उपभोक्ता समितिमार्फत रु दुई करोड खर्च भइसकेको छ।’

निरन्तरको पहल तथा तत्कालीन सांसद तथा नगरप्रमुखको पहलमा दम्काफाँटमा योजना पर्न सफल भएको र अहिले कालीगण्डकीको पानी सफल रुपमा ल्याउन सकिएको बागलुङ नगरपाकिला-१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए। उनले बलेवाका अधिकांश जनताको खेतीयोग्य जग्गा दम्काफाँट भए पनि स्रोतको अभावमा हिउँदमा मात्रै नभएर वर्खामा समेत सिँचाइ असुविधा रहेको बताए।

‘योजना ल्याउन लामो समय प्रयास थालियो अहिले सफल भएका छौँ, वर्खाको भल छोपेर खेत रोप्ने दम्काफाँटमा हिउँदमा समेत खेती गर्न सकिनेछ’ शर्माले भने, ‘यहाँका नागरिकले सिँचाइको अभावमै खेतीयोग्य जग्गा बाँझो राख्न थालेका थिए, आगामी वर्ष पुरै दम्काफाँटमा सिँचाइ गर्नका लागि वितरण लाइन समेत जडान गरिने छ।’

स्थानीय नागरिकको वर्षौदेखिको सिँचाइको माग पुरा गरिएको दम्काफाँट लिफ्ट सिँचाइ आयोजना, बागलुङ-१३ स्थित उपभोक्ता समितिका अध्यक्ष ओम तक्मेलले जानकारी दिए। उपभोक्ता समिति र ठेक्कामार्फत लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएको जनाउँदै उनले उपभोक्ता समितिमार्फत २४ हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तारको काम अझै बाँकी रहेको बताए।

एक करोड ४४ लाख रुपैयाँमा पपैँया-विएसी इलाम जेभीले २०८० असार २१ मा ठेक्का सम्झौता गरेर २०८१ पुस मसान्तमा निर्माण सम्पन्न गरेको थियो। त्यसपछि उपभोक्ता समितिमार्फत बाँकी काम सम्पन्न भएको हो। उपभोक्ता मार्फत अहिलेसम्म २७ लाख रुपैयाँ खर्च भइसकेको र उपभोक्ता समितिमार्फत लागत अनुमानमा भएको शाखा लाइन विस्तार लगायतको काम बाँकी रहेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend