शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

चोरी भएका ल्यापटप एक वर्षपछि भेटिए

images
बिहीबार , जेठ १ २०८२
images
images
चोरी भएका ल्यापटप एक वर्षपछि भेटिए

प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी ८ वटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए।

images
images

ताप्लेजुङ- ताप्लेजुङको  मैवाखोला गाउँपालिका-५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन्। ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका ८ वटा ल्यापटप हराएका थिए। 

images
images
images

८ वटै ल्यापटप भेटिएकाे गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए। विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेकाे थियो।

images
images

घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो। खोजीका क्रममा तीनवटा ल्यापटप मात्र बरामद भएका थिए। प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी ८ वटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए।

images
images
images

विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ। उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालाहरूलाई वनेमले आग्रहसमेत गरेकाछन्। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend