शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

कर्भ ईभी चढेर ३ जना दक्षिण भारतको केरलाबाट काठमाडौं आइपुगे

images
बिहीबार , जेठ १ २०८२
images
images
कर्भ ईभी चढेर ३ जना दक्षिण भारतको केरलाबाट काठमाडौं आइपुगे

टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोचीबाट टाटाको कर्भ ईभीमा आएको टोलीलाई काठमाडौंको थापाथलीस्थित टाटा मोटर्स शोरुममा स्वागत गरेकाे हो।

images
images

काठमाडौं- दक्षिण भारतको केरलाबाट टाटाको विद्युतीय कार कर्भ ईभी चढेर ३ जना काठमाडौं आइपुगेका छन्। ३ हजार किलोमिटरभन्दा बढी दुरी पार गरेर कर्भ ईभीमा उनीहरु बुधबार काठमाडौं आइपुगेका हुन्।

images
images
images

भारतको केरला राज्यको कोचीबाट काठमाडौंसम्म जीओ ईसी टिमले यो यात्रा तय गरेको हो। जसमा यदु र उन्नीसँगै ट्राभल भ्लगर याजिन पनि सहभागी भएका थिए।

images
images

टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोचीबाट टाटाको कर्भ ईभीमा आएको टोलीलाई काठमाडौंको थापाथलीस्थित टाटा मोटर्स शोरुममा स्वागत गरेकाे हो।

images
images
images

यसले भारत र नेपालका फरकफरक भूगोलमा ईभीको क्षमता, विश्वसनीयता र रेन्जको उच्च प्रदर्शन गरेको कम्पनीले जनाएको छ। सो यात्रामा सहभागी याजिनले नेपालमा द्रुतगतिमा विकास भइरहेको ईभी पूर्वाधारको प्रशंसा गरेका थिए। भरपर्दो चार्जिङ सञ्जाल रहेकाले यो यात्रा सफल भएको पनि उनको भनाइ थियो। 

कर्भ ईभीको १ सय ८६ एमएम ग्राउन्ड क्लियरेन्सले नेपालको पहाडी सडकमा यात्रा गर्न सहज भएको उनीहरुले बताएका हुन्। 

नेपालमा रहँदा उनीहरुले दिगो यातायातको भविष्यबारे समुदाय, विद्यार्थी, स्थानीयलगायतसँग सचेतनामूलक सहभागिता जनाउने बताइएको छ। 

टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भ लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यही मोडल सिप्रदीले नेपालमा बिक्री गरिरहेको छ। 

कर्भ कुपे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ। यसलाई शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै तय गर्न सक्छ। कर्भ ईभीको लम्बाई ४३ सय १० एमएम, चौडाई १८ सय १० एमएम र उचाइ १६ सय ३० एमएम छ। यसमा २५ सय ६० एमएम लामो ह्वीलवेस रहेको छ। कर्भ ईभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स छ।

कम्पनीका अनुसार यसमा १८ इन्चको अलोय दिइएको छ। ५ सय लिटरको ठूलो बुट स्पेस रहेको एसयूभीलाई ४ सय ५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन सकिने दाबी कम्पनीले गरेको छ। 

कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा छ। ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल बटम, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन्।

भारत एनक्याप क्र्‍यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ईएसपी, ड्राइभ डाउजिनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेभल २ एडास लगायत विशेषता रहेका छन्। 

सार्वजनिक भएयता नेपाली बजारमा राम्रो संख्यामा कर्भ ईभी बिक्री भइरहेको कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ १ २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend