मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

गभर्नर सिफारिस समिति सदस्यमा अर्थविद् पोषराज पाण्डे नियुक्त

बिहीबार , जेठ १ २०८२
गभर्नर सिफारिस समिति सदस्यमा अर्थविद् पोषराज पाण्डे नियुक्त

गभर्नर सिफारिस समितिमा अर्थविद् पोषराज पाण्डे नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई समितिको सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो।

काठमाडौं- गभर्नर सिफारिस समितिमा अर्थविद् पोषराज पाण्डे नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई समितिको सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो।

समितिका सदस्य विश्वनाथ पौडेलले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेलाई ल्याउने निर्णय भएको हो। यसअघि गठन गरिएको सिफारिस समितिबाट पूर्वगभर्नर विजय नाथ भट्टराई र पौडेलले राजीनामा दिएपछि सरकारले नयाँ समितिको पुनर्गठन गरेको हो।

नयाँ संरचनाअनुसार पूर्वगभर्नरको तर्फबाट महाप्रसाद अधिकारी र अर्थविद्हरुको प्रतिनिधित्व गर्दै पोषराज पाण्डे समितिमा रहने छन्।

महाप्रसाद अधिकारीको समितिमा रहन मिल्ने कानुनी हैसियतमाथि सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै जेठ ४ गते छलफलका लागि बोलाएको छ। अदालतले अन्तिम निर्णय नहुँदासम्म अधिकारी गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्न पाउने अवस्था कायम रहेको छ।

स्रोतका अनुसार गभर्नर बन्ने आकांक्षा राख्दै आएका विश्वनाथ पौडेलले स्वेच्छिक रूपमा समितिबाट राजीनामा दिएका थिए। त्यसपछि अर्थविद् पाण्डेलाई समितिमा ल्याइएको हो। पाण्डे नेपाली कांग्रेस निकट अर्थशास्त्री मानिन्छन्। 


प्रकाशित : बिहीबार , जेठ १ २०८२०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend