मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आजको विदेशी विनिमयदर सार्वजनिक : डलर १३६.७४ रुपैयाँमा, युरो र पाउन्डमा वृद्ध‍ि

बिहीबार , जेठ १ २०८२
आजको विदेशी विनिमयदर सार्वजनिक : डलर १३६.७४ रुपैयाँमा, युरो र पाउन्डमा वृद्ध‍ि

बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलवार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा तोकिएको छ।

यसैगरी अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा, क्यानडियन डलरको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलरको खरिददर १०४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा तोकिएको छ। त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा तथा कतारी रियालको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा तथा मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ।

यसैगरी, साउथ कोरियन वन सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा तथा डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा, कुवेती दिनारको खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा, बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा तथा ओमनी रियालको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर खुला बजारको आधारमा केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend