मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नोट छपाइका गोप्य डाटा विदेशी कम्पनीको नियन्त्रणमा, आफ्नो स्वामित्वमा ल्याउन राष्ट्र बैंक असफल

बुधबार, वैशाख ३१ २०८२
नोट छपाइका गोप्य डाटा विदेशी कम्पनीको नियन्त्रणमा, आफ्नो स्वामित्वमा ल्याउन राष्ट्र बैंक असफल

भारतीय कम्पनी सेक्युरिटी एण्ड मिन्टिङ कर्पोरेशन अफ इन्डियायासँग सम्झौता गरेपनि प्राविधिक परीक्षण प्रतिवेदन स्वीकृत नमुनाअनुसार नभएको भन्दै सम्झौता रद्द गरी राष्ट्र बैंकले उक्त कम्पनीको बैंक ग्यारेन्टी जफत गरेको थियो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले नोट छपाइका क्रममा विदेशी कम्पनीलाई उपलब्ध गराउने गोप्य डाटा राष्ट्र बैंकको भौतिक स्वामित्वमा नरहेको पाइएको छ।

महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले नोट मुद्रणका लागि उपलब्ध गराइने महत्वपूर्ण गोप्य डाटा विदेशी कम्पनीको नियन्त्रणमा रहेको ठहर गरेको छ। 

५० रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका ४३ करोड थान छपाइ गर्न भारतीय कम्पनी सेक्युरिटी एण्ड मिन्टिङ कर्पोरेशन अफ इन्डियायासँग सम्झौता गरेपनि प्राविधिक परीक्षण प्रतिवेदन स्वीकृत नमुनाअनुसार नभएको भन्दै सम्झौता रद्द गरी राष्ट्र बैंकले उक्त कम्पनीको बैंक ग्यारेन्टी जफत गरेको थियो। 

५० दरका नोट छपाइका लागि ५० लाख ४९ हजार र १० दरका नोट छपाइका लागि १ करोड ११ लाखको सम्झौता गरेकोमा वास्तविक मुद्रण प्रमाण तथा नोटहरूको प्राविधिक परीक्षण प्रतिवेदनको स्वीकृत नमुनाअनुसार भएको भन्दै राष्ट्र बैंकले उक्त कम्पनीसँग जमानत जफत गरेको राष्ट्र बैंकको ठहर छ। 

सम्झौता रद्द गरेपनि राष्ट्र बैंकले आपूर्तिकर्ता कम्पनीसँग रहेको उत्पत्ति समाग्री सुरिक्षित र गोपनियता सुनिश्चित गर्न, बैंक नोट तयार गर्न प्रयोग हुने सबै सामग्रीहरूको निरीक्षण गर्ने र प्रदान गरिएका नमूना बैंक नोटहरूको फिर्ता सुनिश्चित नगरेको महालेखा ठहर छ।

उक्त सामाग्रीहरू सम्बन्धित आपूर्तिकर्तासँग लिनुपर्नेमा अनुरोध पत्रमात्रै पठाएकोले नोट मुद्रणका लागि गरिने महत्वपूर्ण गोप्य डाटा राष्ट्र बैंकको भौतिक स्वामित्वमा नरहेको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend