मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बुटवल पावरलाई न्यादी हाइड्रोपावरको सेयर बिक्री रोक्न धितोपत्र बोर्डको निर्देशन

बुधबार, वैशाख ३१ २०८२
बुटवल पावरलाई न्यादी हाइड्रोपावरको सेयर बिक्री रोक्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं- नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेडलाई न्यादी हाइड्रोपावर लिमिटेडको सेयर बिक्री प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ। कम्पनीले आफ्नो नाममा रहेको ३१ लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरेको थियो।

बोर्डका अनुसार बुटवल पावर कम्पनीका सञ्चालकहरू नै न्यादी हाइड्रोपावरमा समेत सञ्चालक रहेको पाइएकोले यस्तो कारोबार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१ क) विपरीत हुने ठहर गरिएको हो।

नियमअनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा संलग्न व्यक्तिले सो पदमा रहँदाको अवस्थामा वा अवकाशपश्चात एक वर्षसम्म सम्बन्धित संस्थासँग सेयर कारोबार गर्न पाउँदैनन्।

बोर्डले बुटवल पावर कम्पनीलाई बिक्री प्रक्रिया तत्काल रोक्न र सो सम्बन्धमा कम्पनीको स्पष्ट धारणा तथा यथार्थ विवरण पेश गर्न २०८१ साल बैशाख ३१ गते निर्देशन दिएको हो।

निर्देशनले स्वार्थ बाझिन सक्ने सेयर कारोबारमा नियमन र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य लिएको जनाइएको छ।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend