बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महिन्द्रा बिक्रेता अग्नी इनकर्पोरेटेडले छल्यो १ करोड ५० लाख ८४ हजार रुपैयाँ कर

बुधबार, वैशाख ३१ २०८२
महिन्द्रा बिक्रेता अग्नी इनकर्पोरेटेडले छल्यो १ करोड ५० लाख ८४ हजार रुपैयाँ कर

महिन्द्रा बिक्रेता अग्नी इनकर्पोरेटेड समेत करछलीमा संलग्न भएको पाइएको हो। स्कर्पियो नेपाली बजारमा धेरै बिक्री हुने एसयूभी गाडीमा पर्छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडले करछली गरेको पाइएको छ। अग्नी इनकर्पोरेटेडले महिन्द्राको स्कर्पियो आयातमा करछली गरेको पाइएको हो। 

भैरहवा भन्सार कार्यालयबाट आयात गरिएको एस ५ र एस ११ मोडेलका स्कर्पियो आयात गर्दा कम इन्जिन क्षमता देखाएर करछली गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ। कम करका दर भएको इन्जिन क्षमता देखाएर अग्नी इनकर्पोरेटेडले करछली गरेको हो। 

अग्नी इनकर्पोरेटेडले स्कर्पियो एस ५ र एस ११ आयात गर्दा सिलिन्डर क्षमता २१७९ सीसी रहेकोले भन्सार उपशीर्षक ८७०३.३२.२९ (२ हजार सीसीभन्दा माथिका डिजेल इन्जिन) बाट ८० प्रतिशत भन्सार महसुल, ९० प्रतिशत अन्तःशुल्क, १० प्रतिशत सडक निर्माण दस्तुर र मूल्य अभिवृद्धि कर लगाउनुपर्नेमा भन्सार उपशीर्षक ८७०३.३२.१० बाट जाँचपास गर्दा भैरहवा भन्सार कार्यालयले छुट भएको महसुल १ करोड ५० लाख ८४ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखाले ठहर गरेको छ। 

महिन्द्रा बिक्रेता अग्नी इनकर्पोरेटेड समेत करछलीमा संलग्न भएको पाइएको हो। स्कर्पियो नेपाली बजारमा धेरै बिक्री हुने एसयूभी गाडीमा पर्छ। 

अग्नी इनकर्पोरेटेडले महिन्द्राका स्कर्पियो, बोलेरो, एक्सयूभी ७००, एक्सयूभी ४०० लगायत कार बिक्री गर्दै आएको छ। अग्नी इनकर्पोरेटेडका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन्। तुलनात्मक रुपमा स्वच्छ कारोबार गर्ने समूह मानिँदै आएको अग्नी समूह पनि करछलीमा लागेको छ। 


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend