काठमाडौं- इलामको फाल्गुन्नद सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ।
नेपाल एयरलाइन्सले सो विमानस्थलमा परीक्षण उडान गरेको हो।
नेपाल एयरलाइन्सको ट्विनटर जहाज काठमाडौंबाट ९:०५ बजे उडेर इलाममा १०:०२ मा अवतरण गरेको थियो।
परीक्षण उडानको अवतरण प्रतिवेदन तयार भएर नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ।