सोमबार, जेठ २२ गते २०८०

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

images
images
विजनेस न्युज
वर्षाले अलैँची खेती गर्ने किसान हर्षित
images
images
images

फुङ्लिङ- ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन्। सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन्। 

images
images
images

जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन्। हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ। अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन्।  

जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउँछन्।

images

अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताए। मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन्। यो समयमा औल क्षेत्रमा अलैँची फूल्न थालेको र लेकाली क्षेत्रमा फूल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्‍याएको किसानको भनाइ छ।

यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ। यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो। हिउँदमा बेला-बेलामा वर्षा भइदिँदा नगदेबाली अलैँचीसहित फलफूल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसान बताउँछन्।

जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यहाँ ४ हजार ३ सय २ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ। रासस

images

प्रकाशित : बुधबार, माघ २६ २०७८११:३४
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ