मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा १३ अंकको गिरावट, ८ अर्ब ७३ करोडको कारोबार

बुधबार, वैशाख ३१ २०८२
सेयर बजारमा १३ अंकको गिरावट, ८ अर्ब ७३ करोडको कारोबार

गएको साता केही सुधार देखिए पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच बजार ओरालोतर्फ नै बढी देखिन्छ।

काठमाडौं- लगानीकर्ताको विश्वास र साथ पाउन नसक्दा सेयर बजार लगातार ओरालोतर्फ लागिरहेको छ। यो साता निरन्तर घटेको बजार बुधबार पनि १३.९६ अंकले घटेर २६२०.२७ बिन्दुमा ओर्लिएको छ।

बुधबार ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ७३ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ। आज १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा फेरबदल भएको छैन।

यो साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेर २६४९.११ बिन्दुमा झरेको बजार दोस्रो कारोबार दिन मंगलबार पनि १४.८७ अंकले घट्दा २६३४.२३ बिन्दुमा आइपुगेको थियो। मंगलबार ९ अर्ब ६३ करोडको कारोबार भएको थियो।

गएको साता केही सुधार देखिए पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच बजार ओरालोतर्फ नै बढी देखिन्छ।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend