काठमाडौं- लगानीकर्ताको विश्वास र साथ पाउन नसक्दा सेयर बजार लगातार ओरालोतर्फ लागिरहेको छ। यो साता निरन्तर घटेको बजार बुधबार पनि १३.९६ अंकले घटेर २६२०.२७ बिन्दुमा ओर्लिएको छ।
बुधबार ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ७३ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ। आज १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा फेरबदल भएको छैन।
यो साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेर २६४९.११ बिन्दुमा झरेको बजार दोस्रो कारोबार दिन मंगलबार पनि १४.८७ अंकले घट्दा २६३४.२३ बिन्दुमा आइपुगेको थियो। मंगलबार ९ अर्ब ६३ करोडको कारोबार भएको थियो।