शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण, वर्षायामअगावै सडक स्तरोन्नति गर्न माग

images
बुधबार, वैशाख ३१ २०८२
images
images
विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण, वर्षायामअगावै सडक स्तरोन्नति गर्न माग

सांसद मेनकाकुमारी पोखरेलले दाङको घोराही-तुलसीपुर चारलेन सडक र टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि स्रोत सुनिश्चित गर्न आग्रह गरिन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्‌बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

images
images
images

बैठकको शून्य समयमा सांसद माधव सापकोटाले प्राकृतिक विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर विपद् प्रतिकार्यसँग सरोकार भएका संस्था र निकायलाई उच्च सतर्कताका साथ खटाउन सरकारसँग आग्रह गरे।

images
images

यही बैशाख १ देखि २८ गतेसम्म सातसय ३२ वटा विपद्का घटनाबाट २१ जनाको मृत्यु र १७ करोड रूपैयाँको क्षति भएको जानकारी दिँदै उनले सरकारी निकायका बीचमा समन्वय नहुँदा उद्धार तथा राहत व्यवस्थामा चुनौती थपिएको बताए।

images
images
images

'प्रि-मनसुन सुरु भएको छ, कतिपय राजमार्ग अव्यवस्थित हुँदा यात्रुमा त्रास छ, नागरिकको सडकमा बास भइरहेको छ', उनले भने, 'विपद्को उच्च जोखिममा रहेका जिल्लालाई केन्द्रमा राखेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीमा विशेष योजना बनाएर अघि बढ्नुपर्छ।'

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएकाले आवागमन पूर्णरूपमा अवरुद्ध भएको उल्लेख गर्दै सांसद सापकोटाले स्याउ, लसुनलगायत उपभोग्य वस्तु बोकेर तातोपानी नाका हुँदै नेपाल भित्रिएका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेका जानकारी दिए।

सांसद रुक्मिणी राना बराइलीले प्रि-मनसुनकै अवस्थामा राष्ट्रिय राजमार्गको अवस्था नराम्ररी प्रभावित भएको जनाउँदै वर्षायाम अगावै सडक स्तरोन्नति गर्न माग गरिन्। सांसद भगवती चौधरीले सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा पर्ने टयाङ्ग्रा खेलासहित नदीले डुबान तथा कटान गरेर जनधनको क्षति गर्दै आएकाले तटबन्ध गरेर नदी नियन्त्रण गर्न आग्रह गरिन्।

सांसद रमा कोइराला पौडेलले यही बैशाख २९ गते आकस्मिकरूपमा आएको बाढीले बीपी राजमार्गको केही भाग बगाउँदा १४ घण्टा यात्रु अलपत्र परेका उल्लेख गर्दै वैकल्पिक बाटोको व्यवस्था गर्न माग गरिन्।

सांसद रामहरि खतिवडाले ओखलढुंगाको साँघुटार-घोराखोरी-सिलौरीघाट र ढाँडे-रगने-फलाँटे-भूसिङ्गालगायत सडक बजेट अभावमा निर्माण ठप्प हुने अवस्थामा पुगेको जनाउँदै दूधकोशी जलविद्युत् आयोजनासहित अलपत्र सडक निर्माणमा आवश्यक स्रोत सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद भीमप्रसाद आचार्यले सुनसरी सदरमुकामबाट भारतको सीमासम्म जाने सडक स्तरोन्नतिको कामलाई तीव्र बनाइ चालु आवभित्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्गमा पर्ने विजयपुर खोलामा पुल निर्माण गर्न आगामी आवको बजेटमा स्रोतको सुनिश्चितताका लागि सरकारसँग माग गरे।

सांसद मेनकाकुमारी पोखरेलले दाङको घोराही-तुलसीपुर चारलेन सडक र टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि स्रोत सुनिश्चित गर्न आग्रह गरिन्। सांसद रणेन्द्र बरालीले गण्डकी र बागमती प्रदेशलाई जोड्ने नारायणी नदीमा बन्ने ‘सिग्नेचर’पुलको निर्माणलाई तीव्र दिन माग गरिन्।

सांसद मनिष झाले वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई सक्रिय बनाउन माग गरे। सांसद महेश बस्नेतले हवाई सेवा प्रदायक संस्थाले यात्रुलाई अनावश्यक दुःख दिने र अनुत्तरदायी व्यवहार गरिरहेको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा उठाइएका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद मैना कार्कीले द्वन्द्वकालीन घटनाको निरुपण गर्न गठित आयोगमा पीडितको प्रतिनिधित्व नहुनु दुःखद् भएको उल्लेख गर्दै पीडितलाई केन्द्रमा राखेर आयोग गठन गर्न माग गरिन्। 

सांसद रणकुमारी बलम्पाकी मगरले संसद् र संसदीय समितिमा आरोप र प्रत्यारोप मात्र नभइ संविधान कार्यान्वयनका लागि बाँकी कानून बनाउनेतर्फ ध्यान दिन सबैलाई आग्रह गरिन्। सांसद रञ्जुकुमारी झाले तराई मधेसमा बढ्दो गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै उपचारको उचित प्रबन्ध मिलाउन आग्रह गरिन्।

सांसद राजेन्द्रकुमार राईले तमोर कोरिडोरअन्तर्गत धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा सिँचाइका विभिन्न आयोजना सञ्चालन भइरहेकामा स्रोतको अभावका कारण निर्माण ठप्प भएको जनाउँदै आगामी आवमा आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसदहरू सांसद राजेन्द्र बजगाईँ, रामकुमार राई, रामकृष्ण यादव, रामशंकर यादव, रुपा शोशी चौधरी, रेखा शर्मा, रोशन कार्की, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लालवीर चौधरी, लेखनाथ दाहाल र विजुला रायमाझीलगायतले विकास निर्माण, सुशासन प्रवर्द्धन, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend