काठमाडौं- मंंगलबार पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ३ सय रुपैयाँ बढेर ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलमा २० रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।