मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, आम्दानी र खर्च दुवैमा उल्लेख्य विस्तार

बुधबार, वैशाख ३१ २०८२
हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, आम्दानी र खर्च दुवैमा उल्लेख्य विस्तार

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य वृद्धि भएको छ। यो गत वर्षको तुलनामा २७ पैसा बढेर १२ रुपैयाँ ६८ पैसा पुगेको छ।

काठमाडौं- हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। विवरणअनुसार कम्पनीको नाफा सामान्यरूपमा बढेको देखिए पनि आम्दानी र खर्च दुवै पक्षमा उल्लेख्य विस्तार भएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क १९.७६ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी भने २१.७६ प्रतिशत बढेर ४ अर्ब ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। तर नाफा वृद्धिको अनुपातमा भने खर्चको वृद्धिदर तुलनात्मक रूपमा बढी देखिएको छ। कम्पनीको खुद दाबी भुक्तानी ४२.३७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २४.७० प्रतिशतले बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य वृद्धि भएको छ। यो गत वर्षको तुलनामा २७ पैसा बढेर १२ रुपैयाँ ६८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात ८०.७३ गुणा रहेको छ, जुन बीमा क्षेत्रको तुलनामा उच्च मानिन्छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वित्तीय पुँजी संरचना पनि बलियो देखिन्छ। कम्पनीसँग ३ अर्ब १२ करोड २७ लाख रुपैयाँको सेयर प्रिमियम, १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको विशेष जगेडा, १६ करोड ४९ लाख रुपैयाँको महाविपत्ति कोष, १ अर्ब २ करोड ८९ लाख रुपैयाँको रिटेन्ड अर्निङ तथा ३६ करोड ५० लाख रुपैयाँ अन्य इक्विटी रहेका छन्।


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend