बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

विराटनगर पुगेर गृहमन्त्रीले भने - कांग्रेस-एमाले सहमतिका आधारमा गभर्नर नियुक्ति चाँडै हुन्छ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ३० २०८२
images
विराटनगर पुगेर गृहमन्त्रीले भने - कांग्रेस-एमाले सहमतिका आधारमा गभर्नर नियुक्ति चाँडै हुन्छ

लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गरे।

images
images

मोरङ- गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्। 

images
images
images

विराटनगर विमानस्थलमा आज मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने दाबी गरे।

images
images

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गरे। 

images
images

उनले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए। गृहमन्त्री लेखकले  संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे। 

गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांका र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको बताए।


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend