मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मंगलबार १४ अंकले घट्यो सेयर बजार, ७७ कम्पनीको सेयर मूल्य बढ्दा ९ अर्बमाथिको कारोबार

मंगलबार, वैशाख ३० २०८२
मंगलबार १४ अंकले घट्यो सेयर बजार, ७७ कम्पनीको सेयर मूल्य बढ्दा ९ अर्बमाथिको कारोबार

मंगलबार ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ९ अर्ब ६३ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- उतारचढावबीच निरन्तर घटिरहेको सेयर बजार यो साताको दोस्रो कारोबारमा पनि ओरालोतर्फै लागेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेर २६४९.११ बिन्दुमा झरेको बजार मंगलबार पनि १४.८७ अंकले घट्दा २६३४.२३ बिन्दुमा ओर्लिएको छ। ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ९ अर्ब ६३ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ।

आज १६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा एउटा कम्पनीको सेयर मूल्यमा भने परिवर्तन भएको छैन।

गएको साता केही सुधार देखिए पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच बजार ओरालोतर्फ नै बढी देखिन्छ।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend