मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

महँगी बढेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

images
मंगलबार, वैशाख ३० २०८२
images
महँगी बढेको भन्दै बजार अनुगमन  प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराइन्।

images
images

काठमाडौं- सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गरेकी छिन्। राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारीरुपमा आगाडि बढाउन माग गरिन्।

images
images
images

सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२/८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरे।

images
images

सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न संघीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए। सांसद पूजा चौधरीले तराई-मधेसमा डेंगु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गरे।

images
images

सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुंग्याउन आग्रह गरिन्। सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका लागि अनुरोध गरिन्।

सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराइन्। सांसद विष्णुकुमारी सापकोटाले रुस-युक्रेन युद्धमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गरिन्।

सांसद विष्णुबहादुर विश्वकर्माले सप्तरीको सुरुंगा नगरपालिकाकी पूजाकुमारी रामको बलात्कारपछि हत्या गरिएको उल्लेख गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे। सांसद श्रीकृष्णप्रसाद अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारको उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद सावित्री मल्लले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिन्। रासस


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend