काठमाडौं- आजदेखि इमर्जिङ नेपालले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्री खुला गरेको हो।
जसमा ११ हजार ११२ कित्ता कर्मचारी र २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ।