काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओको आवेदनमा नयाँ रेकर्ड कायम भएको छ। कम्पनीको आईपीओमा साढे २६ लाखभन्दा बढीको आवेदन परेको छ।
गएको शुक्रबारदेखि मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदकबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयरको लागि आवेदन परेको हो। यो सर्वसाधारणलाई छुट्याएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो ।
कम्पनीले ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासन गरेको थियो। आईपीओ बाँडफाँटको व्यवस्थाअनुसार भाग्यमानी ४८ हजार ७ सय ९० जनाले जाल्पा सामुदायिक लघुवित्तको सेयर १० कित्ताका दरले प्राप्त गर्नेछन्।