मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको छ : गृहमन्त्री लेखक

images
मंगलबार, वैशाख ३० २०८२
images
मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको छ : गृहमन्त्री लेखक

'अपेक्षा गरेजति काम हुन सकेनन् होला तर निराश हुनुपर्ने अवस्था छैन। सरकारले आशा जगाउने गरी काम गरेको छ', उनले भने।

images
images

विराटनगर- गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले दश महिनाअघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन्।

images
images
images

‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। दोस्रो कुरा आर्थिक सूचकांक सकारात्मक बनेका छन्। यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन', उनले भने, 'अर्को कुरा कानून, दश महिना पहिला कति विधेयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।’

images
images

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको बताए। गृहमन्त्री लेखकले भने, 'याे सरकारको पहिलो उद्देश्य भनेको राजनीतिक स्थिरता पनि हो। यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो। त्यसैले आशाले आम मानिसलाई सकारात्मकतातिर डोर्‍याउँछ।'

images
images

नीतिगत भ्रष्टाचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अड्किएको छ नि? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘त्यसमा छलफल भइरहेको छ। संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्‍याउँछौँ। भ्रष्टाचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौँ। अवाञ्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारबाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ।'

'फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ। फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन। यो गठनबन्धन कांग्रेस एमालेबीचको सहमतिअनुसार पूरा अवधि सरकार टिक्छ', उनले थपे।

'यो दश महिनामा सुशासन, कानून निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन्। उद्योगधन्दा सञ्चालनमा सहज होस भनेर नयाँ कानून आएका छन्। भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन्। अपेक्षा गरेजति काम हुन सकेनन् होला तर निराश हुनुपर्ने अवस्था छैन। सरकारले आशा जगाउने गरी काम गरेको छ', उनले भने।


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend